समाचार
खानेपानीको निर्वाचन प्रति संस्थापक नगरप्रमुख महादेव बजगाईको चासो
प्रशासक | २०८३ जेठ २२ गते १०:०८ मा प्रकाशित
खानेपानीको निर्वाचन नजिकिए संगै लम्कीचुहा नगरपालिकाका संस्थापक नगरप्रमुख महादेव बजगाईले सामाजिक संजाल फेसबुकमा यस्तो लेखे ।
कुन शक्तिले तेज बहादुर चलाउनेलाई अध्यक्ष बनाउँन खोज्दै छ ??
कांग्रेसको एक पक्ष र रास्वपाका केही व्यक्तिले तानातान भइरहेको बेला, रास्वपा लम्कीचुहा ०१ का वडा सभापती सुशिल न्याैपानेले सामाजिक संजालमा लेखे, हिँजो कांग्रेसको राजनीति गरेर ११/११ वर्ष सम्म खानेपानी संस्थाको अध्यक्ष बनेका, साधारण सभा, लेखा परीक्षण नगरेकालाई हामी कसरी अध्यक्ष बनाउने यो स्वीकार्य छैन । तेज बहादुर चलाउने संस्थाको नियम विपरीत ११ वर्ष सम्म अध्यक्ष भइरहेको मान्छेलाई फेरी रास्वपाले अध्यक्ष स्वीकार्दैन भन्दै लेखे । सुशिल न्याैपाने जो सक्रिय युवा, परीवर्तनको आकांक्षा राखेको युवा, जसको नेतृत्वमा रास्वपाले अस्ति भर्खरैको संघको चुनावमा १ नं वडामा २५०० मत दिलाउन सफल भए । आज तिनै युवाले गलत कुराको विरुद्धमा आवज उठाए । तपाईलाई धन्यावाद, गलत कुराको विरोध गरेकोमा तपाईलाई मेरो पनि समर्थन छ ।
साथै, हिँजो कांग्रेसले लम्कीचुहा ०१ का वडा सभापती तथा मुख्यमन्त्रीका स्वकिय सचिव प्रयाग खनाल र लम्कीचुहा ०५ का वडा सभापती रन सिंह बिकको सभापती पद क्षेत्रिय काँग्रेसले खोस्यो । असन्तुष्टि व्यक्त गर्नु, मुख्यमन्त्री नजिकको निर्वाचित सभापतिलाई अपजस्त हटाउन खोज्नुले स्पष्ट बुझाउँछ । एउटा खानेपानी संस्थाको चुनावमा यी परिघटनाक्रमले कुन शक्तिले रास्वपाले पाएको जनमतलाई प्रभावित पारेर काँग्रेसबाट ११ वर्ष खानेपानी संस्थाको अध्यक्ष खाएका र पदैको लागी रास्वपामा प्रवेश गरेर या गराएर कथित संस्थापन कांग्रेसको नाममा तेज बहादुर चलाउनेलाई समर्थन गर्नुले प्रष्ट बुझाउँछ । एकाएक कुन स्वार्थले यो एकता गरायो ? रास्वपाले आफ्नो एजेन्डा संघ, प्रदेश र स्थानीय तह सहित संघसंस्थामा पुराना दलसंग सहकार्य गर्न नियम विधीका कुरा गर्नेले सहकार्य गर्न एक ठाँउमा पुगायो ? त्यहाँ भित्र बेथिती, पदको लोभता छ भन्ने प्रष्ट देखियो । लम्कीको एउटा विकासको रूपमा रहेको प्रादेशीक अस्पताल लगायत विकासका योजनाहरूलाई ध्वस्त बनाउने एउटा समुह छ । जुन लम्की बासीले प्रष्ट बुझिसकेका छन् । त्यहि शक्ति हो जुन तेज बहादुर चलाउनेलाई नै अध्यक्ष बनाउने प्रयास गरिरहेको भनेर लेखेका छन् ।