उम्मेदवार बन्न के–के कागजात चाहिन्छ ?
प्रशासक | २०८२ माघ ६ गते ०९:५५ मा प्रकाशित
अक्षर साथी
लम्की, माघ ५
देशभर प्रतिनिधि सभाको निर्वाचनको माहोल तातिँदै गएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाइरहेको छ । यही सन्दर्भमा कैलाली क्षेत्र नं. २ को निर्वाचन अधिकृत कार्यालयले आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरेको छ । ADVERTISE.............................................................................................................................................................................
लम्कीचुहा नगरपालिकाको कार्यपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भेलामा निर्वाचन अधिकृत कार्यालयका प्रमुख तथा निर्वाचन अधिकृत ईन्द्र कुमार श्रेष्ठसहितका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
निर्वाचन अधिकृत श्रेष्ठका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निम्न कागजात पेस गर्नुपर्नेछः
- अनुसूची फाराम ५ (मनोनयनपत्र)
- अनुसूची फाराम ६ (स्वघोषणा)
- सम्पत्ति विवरणसम्बन्धी अनुसूची फाराम (खामबन्दी गरी)
- अनुसूची फाराम १० (उम्मेदवारको वैयक्तिक विवरण)
- सम्बन्धित दलको औपचारिक पत्र
- रु. १०,००० (अक्षरूपी दश हजार मात्र) धरौटी जम्मा गरेको नगद रसिद वा बैंक भौचर
- (दलित, महिला, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई स्थानीय तहको सिफारिसका आधारमा ५० प्रतिशत छुट)
- नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि
- मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
- प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि
(सम्बन्धित निर्वाचन क्षेत्रकै मतदाता हुनुपर्ने)ADVERTISE
.............................................................................................................................................................................
त्यसैगरी उम्मेदवारका ४ थान फोटो खामबन्दी गरी निर्वाचन अधिकृत कार्यालयमा बुझाउनुपर्नेछ ।
बैठकले मनोनयन दर्ताका लागि दलगत समय तालिकामा पनि सहमति गरेको छ । सहमतिअनुसार नेपाल मानवता पार्टी बिहान १०ः३० बजे, नेशनल रिपब्लिक नेपाल बिहान ११ बजे, नेपाल मजदुर किसान पार्टी दिउँसो १२ बजे, राष्ट्रिय स्वतन्त्र पार्टी दिउँसो १ बजे, नेपाल कम्युनिस्ट पार्टी दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी दिउँसो २ः३० बजे, नेकपा एमाले दिउँसो ३ बजे र नेपाली कांग्रेस अपराह्न ४ बजे मनोनयन दर्ता गर्नेछन् ।
अन्य दल तथा स्वतन्त्र उम्मेदवारका लागि समय व्यवस्थापन गरेर मनोनयन दर्ता गरिने तयारी गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
















