समाचार
लम्कीचुहामा करदाता सेवा कार्यालय सञ्चालन: कुन काम नगरपालिकामै, कुनका लागि कर कार्यालय जानु पर्छ ?
प्रशासक | २०८२ पौस २३ गते १५:१८ मा प्रकाशित
अक्षर साथी
लम्की, पुस २३
कैलालीको लम्कीचुहा नगरपालिकाले पनि आइतवारबाट करदाता सेवा कार्यालय सञ्चालनमा ल्याएको छ । योसँगै नेपाल सरकारको नीतिअनुसार आन्तरिक राजस्व कार्यालयमार्फत हुँदै आएका केही महत्वपूर्ण काम स्थानीय तहलाई हस्तान्तरण भएको छ।
ADVERTISE
.............................................................................................................................................................................
लम्कीचुहा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुषमा महता के.सी.का अनुसार अब करदाताले स्थायी लेखा नम्बर (प्यान) व्यक्तिगत तथा व्यावसायिक रूपमा जारी गर्ने, करदाता विवरण संशोधन गर्ने, करदाता शिक्षा तथा अन्तरक्रिया, राजस्व सङ्कलन लगायतका सेवा लम्कीचुहा नगरपालिकाबाटै उपलब्ध हुनेछन् ।
ADVERTISE
.............................................................................................................................................................................
‘मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क दर्ताका लागि आवश्यक कागजात सङ्कलन तथा प्रमाणीकरण गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने व्यवस्था गरिएको छ,’ लम्कीचुहा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुषमा महता के.सी. ले भनिन्, ‘करदाता सेवा स्थानीय तहबाटै दिनु नागरिकमैत्री शासन प्रणालीतर्फको महत्वपूर्ण कदम भएको हो ।’
करदाता सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापन, समन्वय र सहज वातावरण निर्माणमा नगरपालिकाले प्राथमिकता दिएको पालिकाले जनाएको छ ।
गत कात्तिक १७ गते नेपाल सरकारको निर्णय अनुसार ३६ वटा करदाता सेवा कार्यालयका काम क्रमशः स्थानीय तहलाई प्रदान गरिएको हो । करदाताले सेवा पाउन टाढा धाउनुपर्ने बाध्यता हट्दै जाँदा कर सङ्कलन प्रणाली थप व्यवस्थित र उत्तरदायी बन्दै जाने देखिएको छ ।