समाचार
संस्थागत नगर कप आयोजकलाई नगर प्रमुख सुशीला शाहीद्धरा धन्यवाद व्यक्त
प्रशासक | २०८२ पौस ८ गते १०:४२ मा प्रकाशित
अक्षर साथी
लम्की, पुस ८
कैलालीको लम्कीचुहा नगरपालिका अन्तरगतका सँस्थागत विद्यालयको सहभागितामा हुने सँस्थागत नगर कप–०८२ का आयोजकलाई नगर प्रमुख सुशीला शाहीले धन्यवाद व्यक्त गरेकी छन् ।
लम्कीचुहा–४, कौवापुरको खेलमैदानमा आयोजित प्रथम संस्करणको उद्धघाटन समारोहमा बोल्दै नगर प्रमुख शाहीले कक्षा ५ कक्षासम्मका ससाना बालबालिकालाई खेलमा जोड्नुभएको प्रति नगर प्रमुख शाहीले धन्यवाद व्यक्त गरेकी हुन् ।
त्यस्तै वडा नं. ४ का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि ताराप्रसाद अधिकारीले नगर खेलमैदानको सुधारका लागि मैदानको अवलोकन गर्न नगर प्रमुख सुशीला शाहीलाई अनुरोध गरेका थिए ।
लम्कीचुहाका २९ विद्यालय सहभागीतमा एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको आयोजक विद्यालय लिटिल एन्जलका संस्थापक प्रिन्सिपल लोमश ढुङ्गानाले अर्को संस्करण अझ उपयुक्त समयमा भव्यताका साथ सम्पन्न गर्ने जनाउदै विजेता टिमले १० हजार नगद पुरस्कार ट्रफी मेडल र प्रमाण पत्र पाउने बताए ।